एटीएमबाट एक दिनमा अब ५० हजार मात्रै झिक्न पाइने

काठमाडाैं | असोज २४, २०८२

एटीएमबाट एक दिनमा अब ५० हजार मात्रै झिक्न पाइने तस्बिर फाइल

काठमाडौं:  नेपाल राष्ट्र बैंकले एटीएमबाट दिने सुविधाका सीमाहरूलाई फेरबदल गरेको छ।


राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै प्रिपेड, डेबिट र क्रेडिट कार्डबाट हुने कारोबारको सीमा फेबदल गरेको हो। 


यसअनुसार अब डेबिट कार्डबाट एक पटकमा २० हजार रुपैयाँ झिक्न पाइनेछ भने एक दिनमा ५० हजार रुपैयाँ झिक्न पाइनेछ। 


पहिले एक पटकमा २५ हजार र एक दिनभित्र १ लाख रुपैयाँसम्म झिक्न पाइने व्यवस्था थियो। नयाँ व्यवस्थाले सीमा घटाएको हो।


यस्तै महिनाभरमा भने ३ लाखसम्म झिक्न पाइनेछ। यसअघि ४ लाखसम्म झिक्न पाइने व्यवस्था थियो।


राष्ट्र बैंकले प्रिपेड कार्डमा पनि प्रतिकारोबार रकम १० हजार र प्रतिदिन रकम २० हजार र प्रतिमहिना २ लाख रुपैयाँको सीमा कायम गरेको छ भने क्रेडिट कार्डमा स्वीकृत सीमाको १० प्रतिशतसम्मको सीमा कायम गरेको हो।


बैंक तथा वित्तीय संस्थाहरुबाहेकका सेवा प्रदायक संस्थाहरुको प्रिपेड कार्डबाट भने प्रतिदिन ५ हजार र प्रतिमहिना २५ हजार रुपैयाँ निकाल्न सक्ने गरी सीमा कायम गरेको हो।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्